कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बस अत्याधिक गतिमा गुडिरहेको थियोः घाइते

धादिङ बस दुर्घटना
हरिहरसिंह राठौर

घाटबेंसी, धादिङ — राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा खस्दा १४ जनाको ज्यान गएको छ । अत्याधिक गतिका कारण दुर्घटनामा परेको घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरमा खाना खाइसकेपछि चालक सन्तोष चौधरीले बस अत्याधिक गतिमा कुदाएको घाइतेहरुले प्रहरी समक्ष बताएका छन् ।

बस अत्याधिक गतिमा गुडिरहेको थियोः घाइते

घाइतेले चालक चौधरीले खाना खाएको ठाउँमा मदिरा समेत पिएको बताएका छन् । घाइतेका अनुसार मुग्लिन-नारायणघाट सडकखण्डमा बस उफ्रिएको थियो । गजुरीमा उपचाररत एक घाइते मनोज ठाकुरका अनुसार उक्त सडकमा पनि ड्राइभरले जथाभावी गाडी हाँकेका थिए । उनले भने, 'हामीलाई चपुबाट यता लागेदेखि नै डर लागिरहको थियो । आखिर यस्तो हुनु रहेछ ।' उनले दुर्घटना हुनुअघि पनि बस अति तीब्र गतिमा गुडेको बताए ।

चालकको टाउकोमा चोट लागेको छ । तर उनी फरार छन् । खचाखच यात्रु लिएर आएको बस बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा परेका १५ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि पुर्‍याए । गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

घाइहेहरुको नामावाली

प्रकाशित : कार्तिक ११, २०७४ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?