कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानी साथीबाट स्कुल भवन उपहार

कान्तिपुर संवाददाता

दोलखा — सत्रवर्षअघि आफैंले बनाइदिएको स्कुलको भवन भूकम्पले ढलेपछि जापानस्थित निदेक कम्पनीले पुन: अर्को भवन बनाएर कालिका माध्यमिक विद्यालयलाई उपहार दिएको छ ।

उक्त कम्पनीले एक करोड ७० लाख बराबरको १० कोठे भवन कालिञ्चोक गाउँपालिका— ९ सुन्द्रावतीमा रहेको उक्त विद्यालयलाई शनिबार हस्तान्तर गरिएको हो ।

जापानी साथीबाट स्कुल भवन उपहार

सत्रवर्षअघि आफैंले बनाइदिएको स्कुलको भवन भूकम्पले ढलेपछि जापानस्थित निदेक कम्पनीले पुन: अर्को भवन बनाएर कालिका माध्यमिक विद्यालयलाई उपहार दिएको छ ।

उक्त कम्पनीले एक करोड ७० लाख बराबरको १० कोठे भवन कालिञ्चोक गाउँपालिका— ९ सुन्द्रावतीमा रहेको उक्त विद्यालयलाई शनिबार हस्तान्तर गरिएको हो । छिमेकी गाउँ सुस्पाक्षेमावतीमा जन्मिएका माधव शिवाकोटीले जापानमा अध्ययन गर्दा बनेका साथीहरुको सहयोगमा तीनवटा शिक्षण संस्थामा भवनहरु बनाइदिएकामा तीनवटै भवनहरु भूकम्पले कुनै पुरै र कुनैमा आंशिक क्षति पुर्‍याएको थियो । आग्रहअनुसार कालिका माविको भवन पुरै बनाउन सहयोग आएको र अन्यमा पनि सहयोग जुटाउन प्रयत्न भैरहेको शिवाकोटीले बताए ।

सत्रबर्षअघि निदेककै सहयोगमा ३५ लाख लागतमा निर्मित कालिका स्कुलको भवन २०७२ सालको भूकम्पले भत्काएपछि भूकम्पप्रतिरोधी अर्को भवनका लागि सहयोगको माग गर्नेवित्तिकै निदेक कम्पनी राजी भएपछि एकवर्षको निर्माण अवधीमा अर्को भवन तयार भएको हो । जापान बसेर पाँचबर्ष आखाँसम्बन्धी चिकित्सकीय अध्ययन गर्दा उक्त कम्पनीसँग शिवाकोटीको मित्रता गाँसिएको थियो । आँखाको चिकित्सकीय उपकरण निर्माण कम्पनी निदेकले उनी जन्मिएको सुस्पास्थित लामानागी निमाविमा पनि सत्रबर्ष अघि २० लाखको विद्यालय भवन निर्माण गरिदिएको थियो ।

थामी विद्यार्थीको बाहुल्यता रहेको उक्त दुई विद्यालयमा सिमान्तकृतहरुको शिक्षादिक्षालाई सहयोग पुर्‍याउन जापानका साथीहरु तयार भएकाले आफ्नो इच्छा पूरा भएको भवन हस्तान्तरण कार्यक्रममा शिवाकोटीले बताए । भवन हस्तान्तरण उक्त कम्पनीका वरिष्ठ प्रबन्धक कियोताडा श्वासेले गरेका छन् । दाताहरुको स्वागतमा विद्यार्थी र अभिभावकहरु माला र सांस्कृतिक कार्यक्रमको बन्दोवस्त गरेका थिए ।

आँखा अस्पताल त्रिपुरेश्वरमा बरिष्ठ टेक्निकल अधिकृत भैसकेका शिवाकोटीले उच्च शिक्षालाई व्यवस्थित गर्न जिल्लाको सबैभन्दा जेठो गौरीशंकर बहुमुखी क्यापसमा पनि अवाका जापानको सहयोगमा भवन निर्माणमा समन्वय गरेका छन् । करिब पाँचबर्ष अघि अवाकाको संस्थापक डा. इतारु कुरोजुमीको स्मरणमा ४५ लाख बराबरको भवन निर्माणका लागि सहयोग जुटाउन उनी कृयाशील भएका थिए । भूकम्पपछि आफ्नो सक्रियतामा बनेका भवनहरु क्षेती पुगेपछि उनले जापानका साथीहरु ल्याएर निरिक्षण गराएका थिए । उनकै पहलमा इतारुको स्मरणमा बनेको भवन मर्मत गर्न सहयोग थप सहयोग जुट्ने क्रममा छ ।

जापानलगायतको सहयोगमा करिब १५ स्थानमा निशुल्क आँखा शीविर चलाएर करिब १५ हजारलाई सेवा दिने कार्यमा सक्रिय शिवाकोटी अझै पनि जापानबाट सहयोग ल्याउने कार्यमा निरन्तर लागि परेका छन् । उनकाअनुसार १३ बर्षसम्म लगातार शीविर लिएर गाउँगाउँ जाँदा दुई हजारको आँखा देखाउने कार्यमा सफलता मिलेको उनले बताए ।

विद्यालय भवन निर्माण भएपछि अध्ययनरत करिब पाँच सय विद्यार्थी लाभान्वित भएको कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए । उक्त विद्यालयमा करिब ६० प्रतिशत सिमान्तकृत थामी समुदाययका बालिबालिका अध्ययन गर्छन् ।

प्रकाशित : कार्तिक ११, २०७४ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?