२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

टिकटमा चलखेल भइरहेको भन्दै थारु अगुवाहरुको आपत्ति

ठाकुरसिंह थारु

नेपालगन्ज — एमाले उपाध्यक्ष बामदेव गौतमको सर्वसम्मत उम्मेदवारी रहेको बर्दिया प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा क्षेत्र (क) को प्रत्यक्ष तर्फको टिकटमा चलखेल भइरहेको भन्दै थारु अगुवाहरुले आपत्ति जनाएका छन् । उनीहरुले पार्टीको आन्तरिक निर्वाचनबाट एक नम्बरमा नाम सिफारिसमा परेका कविराम चौधरीले टिकट पाउनु पर्ने माग गरेका छन् ।

टिकटमा चलखेल भइरहेको भन्दै थारु अगुवाहरुको आपत्ति

उनीहरुले आन्तरिक निर्वाचनबाट अध्याधिक बहुमत मत ल्याएर नाम सिफारिसमा परेका व्यक्तिबाहेक अन्यले टिकट पाए केन्द्रीय निर्णय मान्य नहुने चेतावनी दिएका छन् । उक्त प्रदेशसभा क्षेत्रमा ५० प्रतिशत भन्दा थारु समुदायको बहुल्यता छ । टिकटका लागि धेरै दाबेदार देखिएपछि क्षेत्रीय कमिटिले आन्तरिक निर्वाचन गरेको थियो । थारु अगुवा रामसिंह थारुले निर्वाचनबाट एक नम्बरमा नाम सिफारिस गरिएका नेतालाई टिकट दिन माग गरे । थारु अगुवाहरु पार्टी कार्यालयमा पुगेर प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । उनले केन्द्रले त्यस विपरित निर्णय गरे मान्य बाध्य नहुने चेतावनी दिए ।

एमाले सम्बद्व अगुवाहरुले यसअघि नै थारु बहुल क्षेत्रमा थारु समुदायका व्यक्ति उम्मेदवारी पाउनु पर्ने अभियान सन्चालन गरेका थिए ।

प्रकाशित : कार्तिक १२, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?