चुनाव सार्नु महाअपराध: उपेन्द्र यादव

देवनारायण साह

मोरङ — संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सार्नु महाअपराध हुने बताएका छन् । विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले कुनैपनि बहानामा चुनव रोक्न नम्लिने बताएका हुन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सार्नु महाअपराध हुने बताएका छन् ।

विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले कुनैपनि बहानामा चुनव रोक्न नम्लिने बताएका हुन् । ‘सर्वोच्च अदालतको आदेशको बहानमा चुनाव सार्न मिल्दैन,’ उनले भने, ‘अदालतले मतपत्र छपाईको कुरो मात्रै गरेको र त्यो अहिलेका अफसेट प्रेसको युगमा चार दिनमा सम्भव रहेकोले चुनाव सार्नु हँदैन । चुनाव रोक्नु भनेको मुलुकलाई धरापमा पार्नु हो ।’

चुनाव सारे निष्पक्ष र स्वतन्त्र निर्वाचन आयोगमाथि प्रश्न उठ्ने बारे उनले ध्यानाकर्षण गराए । निर्वाचन अयोगले कुनै दलको हितमा चुनाव सारे त्यसको जवाफ जनतालाई दिनुपर्ने उनको भनाई थियो ।

उनले आफूहरुको कांग्रेससँग चुनावी तालमेलको लागि छलफल भइरहेको र आफू कहाँबाट लड्ने अहिले टुंगो नलागेको बताए । कांग्रेससँग सहकार्य गरेरै चुनावमा जाने उनी बताउँछन् । आफूहरुको सहकार्य कसैलाई हराउन नभई आफूहरु जित्नको लागि गरेको उनको भनाई थियो ।

उनले आफूहरुबाट राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीको प्रस्ताव नभएको प्रष्ट पारे । उनले आफूहरुले अहिले मुख्यमन्त्रीको उम्मेदवारको घोषणा नगरेको सुनाए । ‘राष्ट्रिय जनता पार्टी र फोरमबीच मधेसमा प्रतिनिधि सभाम १५ र १७ र प्रदेश सभामा ३१ र ३३ सिटमा सहकार्य भएको छ,’ उनले भने, ‘कांग्रेससँग सहकार्य भएपछि यसमा थपघट हुन्छ ।’

उनले मुलुकमा अहिले भइरहेको राजनीतिक दलबीचको गठबन्ध अत्यन्तै राम्रो भएको तर त्यो निर्वाचनको लागि मात्रै नभई स्थायी भएमात्रै लाभदायक हुने बताए ।

प्रकाशित : कार्तिक १२, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

टिकटमा चलखेल भइरहेको भन्दै थारु अगुवाहरुको आपत्ति

ठाकुरसिंह थारु

नेपालगन्ज — एमाले उपाध्यक्ष बामदेव गौतमको सर्वसम्मत उम्मेदवारी रहेको बर्दिया प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा क्षेत्र (क) को प्रत्यक्ष तर्फको टिकटमा चलखेल भइरहेको भन्दै थारु अगुवाहरुले आपत्ति जनाएका छन् । उनीहरुले पार्टीको आन्तरिक निर्वाचनबाट एक नम्बरमा नाम सिफारिसमा परेका कविराम चौधरीले टिकट पाउनु पर्ने माग गरेका छन् ।

उनीहरुले आन्तरिक निर्वाचनबाट अध्याधिक बहुमत मत ल्याएर नाम सिफारिसमा परेका व्यक्तिबाहेक अन्यले टिकट पाए केन्द्रीय निर्णय मान्य नहुने चेतावनी दिएका छन् । उक्त प्रदेशसभा क्षेत्रमा ५० प्रतिशत भन्दा थारु समुदायको बहुल्यता छ । टिकटका लागि धेरै दाबेदार देखिएपछि क्षेत्रीय कमिटिले आन्तरिक निर्वाचन गरेको थियो । थारु अगुवा रामसिंह थारुले निर्वाचनबाट एक नम्बरमा नाम सिफारिस गरिएका नेतालाई टिकट दिन माग गरे । थारु अगुवाहरु पार्टी कार्यालयमा पुगेर प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । उनले केन्द्रले त्यस विपरित निर्णय गरे मान्य बाध्य नहुने चेतावनी दिए ।
एमाले सम्बद्व अगुवाहरुले यसअघि नै थारु बहुल क्षेत्रमा थारु समुदायका व्यक्ति उम्मेदवारी पाउनु पर्ने अभियान सन्चालन गरेका थिए ।

प्रकाशित : कार्तिक १२, २०७४ ११:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT