कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धरानमा म्याद गुज्रिएका ४ हजार ८ सय २४ कार्टुन बिस्कुट नष्ट

प्रदीप मेन्याङ्बो

धरान — धरान उपमहानगरपालिका-१६ स्थित सात्वीक फुड प्रालीले उत्पादन गरेको ३ लाख रुपैयाँ बराबरका ४ हजार ८ सय २४ कार्टुन विभिन्न नामका बिस्कुट म्याद गुज्रिएको भेटिएपछि नष्ट गरिएको छ ।

धरानमा म्याद गुज्रिएका ४ हजार ८ सय २४ कार्टुन बिस्कुट नष्ट

६ महिनाभित्र उपभोग गरिसक्नुपर्ने बिस्कुटहरु सात्वीकले बजारमा पठाएर उपभोक्ताको जीवनमाथि खेलबाड गरेको भन्दै अनुगमनपछि आइतबार नस्ट गरिएको हो । म्याद गुज्रिएको बिस्कुटहरु उपभोक्ताले खाइरहेको जानकारी पाएपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा गठित अनुगमन समितीले उद्योगमा अनुगमन गरेको थियो ।

अनुगमन गर्दा म्याद गुज्रिएका बिस्कुटहरु फेला परेको थियो । तीमध्ये ११ सय ८२ कार्टुन एनिटायम कुकीज, १ सय ६० कार्टुन स्वीट कुकिज, ८ सय २० कार्टुन प्रिमियम कुकिज, १ सय २० कार्टुन एन के साल्टी कुकिज र १ सय ३० कार्टुन नमकिन बिस्कुट फेला परेको उपमेयर मन्जु भण्डारीले बताइन् । उनले भनिन्, ‘उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भएको देखिएकाले म्याद सकिएका बिस्कुट जन्य खाद्य पदार्थ सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरिएको छ ।’

म्याद गुज्रिएका सबै उत्पादन धरान–१५ स्थित सेउती खोलाको बगरमा खाल्डा खनी पुरिएको थियो । उनले उद्योगका इन्चार्ज भरत सुवेदीलाई पहिलो पटक भएकाले चेतावनी दिएको बताइन् ।

प्रकाशित : कार्तिक १२, २०७४ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?