२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका

काठमाडौं — नेकपा (माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले पत्रकारसँग कुराकानी गर्दै भनिन्, 'द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।' ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ ।

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भूसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताए । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट मंगलबार पक्राउ गरेको थियो ।

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित सभासद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठहर्‍याएको थियो ।

रासस

प्रकाशित : कार्तिक १४, २०७४ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?