१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मधेसवादी दलको उम्मेदवारको चर्चा पनि छैन

देवनारायण साह

मोरङ — अन्य राजनीतिक दलहरुले १ नम्बर प्रदेशका लागि मुख्यमन्त्रीको सिफारिस गरिसक्दा पनि मधेसवादी दलहरुमा उम्मेदवारको चर्चासमेत हुन सकेको छैन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्न १ दिन बाँकी छदा समेत कुन क्षेत्रबाट को उम्मेदवार हुने चर्चा छैन ।

अन्य राजनीतिक दलहरुले १ नम्बर प्रदेशका लागि मुख्यमन्त्रीको सिफारिस गरिसक्दा पनि मधेसवादी दलहरुमा उम्मेदवारको चर्चासमेत हुन सकेको छैन । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्न १ दिन बाँकी छदा समेत कुन क्षेत्रबाट को उम्मेदवार हुने चर्चा छैन ।

मधेसवादी दलको सुनसरी र मोरङमा राम्रो पकड रहेको मानिन्छ तर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव २ नम्बर प्रदेशबाट उम्मेदवार हुने भएपछि मोरङको कुन क्षेत्रबाट को उम्मेदवार बन्ने विषय अन्यौल भएको नेताहरु बताउँछन् ।

१ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग नलिएको राष्ट्रिय जनता पार्टी (राजपा) ले मोरङको ६ वटै क्षेत्रमा प्रतिनिधि र प्रदेश सभाका लागि पार्टी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

राजपाका जिल्ला नेता राधे कामतका अनुसार प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र १ मा रेनुकुमारी मण्डल, क्षेत्र २ मा रामलाल सतिहार, क्षेत्र ३ मा दीलिप कुमार शर्मा, क्षेत्र ४ मा लक्ष्मण साहु, क्षेत्र ५ मा जगदीश अधिकारी र बद्रीप्रसाद मण्डल र क्षेत्र ६ मा मालबाबु सहनीको नाम सिफारिस भएको बताए ।

यस्तै, प्रदेशसभा सदस्यका लागि क्षेत्र १ को (क) कम्लेश कामत, (ख) मा बासुदेब प्रसाद सिंह, क्षेत्र २ (क) मा अम्रेन्द्र कुमार साह, (ख) मा दिनेश्वर झा, क्षेत्र ३ को (क) मा जियाउल नवाफ रहमान, (ख) मा कृष्ण माझी, क्षेत्र ४ को (क) मा राधे कामत, (ख) मा श्रीराम कामत, क्षेत्र ५ को (क) मा हिरालाल मण्डल, (ख) मा सत्य नारायण साह र क्षेत्र ६ को (क) मा दयानन्द मण्डल केबरत र (ख) मा मोहम्मद नसरुलको नाम सिफारिस गरेको उनले बताए । उनले बुधवारसम्ममा पार्टीले उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए ।

संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले आफूहरुले पनि यहाँको ६ वटै क्षेत्रमा उम्मेदवार उठाउने बताए पनि को को उम्मेदवारको नाम सिफारिस भएको बारे बताउन सकेनन् । आफ्नो पार्टीले बुधबार उम्मेदवारको नाम सार्वजनिक गर्ने उनी बताउँछन् ।

फोरम अध्यक्ष उपेन्द्र यादवको ५ नम्बर क्षेत्रमा उम्मेदवार बन्ने जिल्ला अध्यक्ष यादव र केन्द्रिय सदस्य जयराम यादवबीचको टकरावले उम्मेदवारको छनौटमा अन्यौल रहेको नेताहरु बताउँछन् ।

जिल्ला अध्यक्ष यादवले मोरङमा राजपासँग तालमेलको लागि छलफल भइरहेको बताए । उनले कुन क्षेत्र आफूहरुले राख्ने र कुन क्षेत्र राजपालाई दिने भन्ने बिषयमा छलफल सकारात्मकरुपमा अघि बढेको बताए ।

राजपाका नेता कामतले मधेसवादीको राम्रो पकड रहेको क्षेत्र २, ४, ५ र ६ मध्ये आफूहरुले ४ र ६ र फोरमले २ र ५ नम्बर क्षेत्र लिएर सहकार्यको लागि छलफल भइरहेको बताए । उनले सहकार्य नभएको १ र ३ नम्बर क्षेत्रमा पनि उम्मेदवार रहने सुनाए ।

१ नम्बर प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार अहिले आफ्नो पार्टीले नतोकेको उनी बताउँछन् ।

प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसले मोरङको क्षेत्र १ मा जिल्ला अध्यक्ष तथा निवर्तमान सांसद डिकबहादुर लिम्बु र बाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा, क्षेत्र २ मा कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजाल र बाम गठबन्धनबाट एमालेका ऋषिकेश पोख्रेल, क्षेत्र ३ मा कांग्रेसबाट डा. सुनिल शर्मा र बाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाललाई उम्मेदवार बनाउने तयारी गरेका छन् ।

यस्तै, क्षेत्र ४ मा कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्य र बाम गठबन्धनबाट माओवादी केन्द्रका सचिवालय सदस्य सावित्रीकुमार काफ्ले, क्षेत्र ५ बाट कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल र बाम गठबन्धनबाट माओवादी केन्द्रका सचिवालय सदस्य तथा बिना विभागीय मन्त्री शिवकुमार मण्डल र क्षेत्र ६ बाट कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला र बाम गठबन्धनबाट एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने भएको छ ।

प्रकाशित : कार्तिक १४, २०७४ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?