कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँभरि भाइरलका बिरामी, औषधि छैन

सुदीप कैनी

गोरखा — धार्चे गाउँपालिका- ५ र ६ मा एक सातादेखि फैलिएको मौसमी भाइरलका कारण बिरामीको संख्या बढ्दै गएको छ । ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, घाँटी पोल्ने समस्याका कारण गुम्दाको यमगाउँ लप्सीबोट, लापुको खानीगाउँका अधिकांश बिरामी परेको स्थानीयवासीले बताए ।

गाउँभरि भाइरलका बिरामी, औषधि छैन

धार्चे गाउँपालिका- ५ र ६ मा एक सातादेखि फैलिएको मौसमी भाइरलका कारण बिरामीको संख्या बढ्दै गएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, घाँटी पोल्ने समस्याका कारण गुम्दाको यमगाउँ लप्सीबोट, लापुको खानीगाउँका अधिकांश बिरामी परेको स्थानीयवासीले बताए ।

‘प्रत्येक घरमा बिरामी छन्, एउटै घरमा ३/४ जना पनि बिरामी भएर थला परेका छन,' गुम्दाका महेन्द्र गुरुङले भने । सबै बालबालिका बढी बिरामी परेको उनले बताए । बिरामी परेका बालबालिका विद्यालय जना समेत नसकेको उनको भनाइ छ । ‘एकपटक भाइरल लागेर निको भएकाहरुलाई पनि पुन: रुघाखोकी लागेर दोहोरिएको छ,' उनले भने ।

गाउँभरि बिरामी पर्दा पनि स्वास्थ्य संस्थाले चासो नदिएको स्थानीयको भनाइ छ । उनले भने, ‘स्वास्थ्य चौकी जाँदा औषधि छैन, तातोपानी खानुस भनेर फर्काइदिन्छन् ।’ स्वास्थ्य चौकीमा सामान्य सिटामोल पनि नभएको स्थानीयको भनाइ छ । गुम्दा स्वास्थ्य चौकीका प्रमुख अमृत घलेले सामान्य मौसमी रुघाखोकी फैलिएको बताए ।

‘अत्यावश्यक पर्ने औषधि छ,' उनले भने । औषधि नखाए पनि मौसमी रुघाखोकी निको हुने उनले बताए । अपूग औषधि लिन कार्यालय सहयोगीलाई सदरमुकाम पठाएको उनले बताए ।

गतवर्ष जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत खरिद गरेर पठाउने औषधि यसवर्षदेखि स्थानीय तहले खरिद गर्ने गरी बजेट निकासा गरिएको छ । स्थानीय तहले टेण्डर गरेर औषधि खरिद गर्न बाँकी रहेकाले स्वास्थ्य संस्थाहरुमा कमी भएको हुनसक्ने जनस्वास्थ्यका कर्मचारीहरुले बताए ।

प्रकाशित : कार्तिक १५, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?