कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बागी फिर्ता नभए कारबाही गर्ने एमालेको चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौं — एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएका पार्टी सदस्यहरुलाई फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

अनुशासन आयोगका अमृतकुमार बोहराले बक्तव्य जारी गर्दै पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बागी फिर्ता नभए कारबाही गर्ने एमालेको चेतावनी

एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएका पार्टी सदस्यहरुलाई फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

अनुशासन आयोगका अमृतकुमार बोहराले बक्तव्य जारी गर्दै पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ,’ बक्तव्यमा भनिएको छ, ‘अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउादछौं ।’

प्रकाशित : कार्तिक १८, २०७४ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?