कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तीन भारतीय पक्राउ

सुटर रहेको आशंकामा अनुसन्धान
लालप्रसाद शर्मा

पोखरा — भारतीय प्रहरीको खोजी सूचीमा रहेका तीन भारतीय नागरिक पोखराको सिद्धार्थ चोकबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट एक नेपाली सहयोगी पनि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनीहरु ‘सुटर’ रहेको आशंकामा अनुसन्धान भइरहेको छ ।

पसलमा सामान किनिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ गर्न भारतीय प्रहरीसमेत नेपाल आएको स्रोतले जनाएको छ । नेपाल भारतबीच सुपुर्दगी सन्धी नभएकाले पक्राउ गरेर भारतलाई बुझाउन समस्या पर्ने भन्दै नेपाल प्रहरसँग समन्वय गरी भारतीय प्रहरी आएको स्रोतको भनाई छ । ‘सबै काम प्रहरी प्रधान कार्यालयबाट भइरहेको छ । यहाँ पक्राउमात्र गरिएको हो । अहिले अनुसन्धानको क्रममा छ,’ एक प्रहरी अधिकारीले भने ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पक्राउ गरिएको स्विकार गर्दै अनुसन्धानका क्रममा रहेकाले तत्काल पहिचान नखुलाईएको बताए । ‘भारतीय पक्राउ परेका छन् । अनुसन्धान भईरहेको छ,’ उनले भने, ‘सबै कुरा पछि हुनेछ ।’

प्रहरी स्रोतका अनुसार पक्राउ परहेकाहरु भारतको राजस्थानमा आंतक मच्चाउने गिरोहका सदस्य हुन् । हप्ता असुलीदेखि हत्यासम्मको आरोपमा मुद्धासमेत उनीहरुले खेपिरहेका छन । उनीहरु पोखरामा लुक्न आएका हुनकी अन्य कुनै योजनामा भन्ने विषयमासमेत अनुसन्धान भइरहेको छ ।

प्रकाशित : कार्तिक १८, २०७४ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?