कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एमाले र माओवादी एक भएर कम्युनिस्ट एकताको सन्देश दिन्छौं : शर्मा

हरि गौतम

रुकुम (पश्चिम) — बिनाविभागीय मन्त्री जनार्दन शर्माले वामहरु मिलेर आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दिइएको उम्मेदवारी गठबन्धन मात्र नभएर पार्टी एकताको प्रक्रिया रहेको बताएका छन् ।

एमाले र माओवादी एक भएर कम्युनिस्ट एकताको सन्देश दिन्छौं : शर्मा

जिल्ला सदरमुकाम खलंगामा आइतबार बिहान प्रेस चौतारी र प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले समय अभावका कारण मात्रै एमाले माओवादीले आ–आफ्नै उम्मेदवारी दिनु परेको बताएका हुन् । ‘हामी पार्टी एकता गरेरै निर्वाचनमा जाने तयारीमा थियौं,’ शर्माले भने, ‘केही प्राविधिक कुरा नमिल्नु तथा समयाभाव अर्को समस्या रह्यो ।’तत्कालै पार्टी एकता सम्भव नभएपछि ६०/४० सिट बाँडफाँडका आधारमा निर्वाचनमा जाने र निर्वाचनलगत्तै पार्टी एकताको तयारी भइरहेको उनको भनाइ छ ।

देश र राष्ट्रिय हितको साथै समयको मागबमोजिम नै कम्युनिस्ट एकताको प्रक्रिया सुरु भएको तर्क शर्माले गरे । कम्युनिस्ट एकताको सन्देश निर्वाचनलगत्तै एमाले र माओवादी एक भएर दिने उनले बताएका छन् । राजनीति स्थिर नहुँदा देश स्थिर भइरहने अवस्था नरहेकाले विकास निर्माण संभव नदेखिएपछि एकता प्रक्रिया थालिएको उनले बताए । ‘जब राजनीति नै स्थिर नभए आर्थिक समृद्धि देशको विकास सम्भव नै देखिएन, त्यसैले पनि ठूलो रिस्क मोलेर पार्टी एकताको प्रक्रिया थालिएको हो,’ उनले भने ।

अब बन्ने सरकार ५ वर्षसम्म रहने भन्दै उनले त्यसपछि जनताले दल तथा उम्मेदवारी छान्ने अवसर पनि पाउने उनको भनाइ छ । दस महिनाभन्दा धेरै सरकार नटिक्ने भएकाले जनता पनि अलमलमा परेकाले अब जनप्रेमी र विकासप्रेमी पार्टी अस्तित्व मात्रै रहने उनले बताए ।

देशले स्थायी सरकारको महसुस गरेको र वाम तथा लोकतान्त्रिक ध्रुविकरण सुरु भएकाले अब देशमा विकास र आर्थिक समृद्धिले पनि फड्को मार्न धेरै समय नलाउने शर्माको जिकिर छ ।

प्रकाशित : कार्तिक १९, २०७४ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?