१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नक्कली नोटको कारोबार गर्ने ३ भारतीय पक्राउ

प्रदीप मेन्याङ्बो

धरान — भारतीय नक्कली नोटसहित प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहारको अरअरिया जिल्ला बस्ने २५ वर्षीय युवक मोहम्मद इस्तियाक पक्राउ गरेको र उनले दिएको जानकारीको आधारमा अरु दुइजना पक्राउ गरेको हो ।

धरान–३ माछाभौडीस्थित हिरालाल श्रेष्ठको किराना पसलमा गुट्का खरिद गरेर इस्तियाकले नक्कली भारतीय पाँचसयको नोट दिएका थिए ।

प्रहरीले उनको गोजी तलासी गर्दा २ थान भारु ५ सयका नक्कली नोट भेटेको थियो । ति युवकका साथबाट भारतीय सरकारले प्रदान गरेको परिचयपत्र समेत फेला परेको छ । फेला परेको परिचयपत्रको अग्र भागमा उनको नाम मो. इस्तियाक, जन्म मिति फेब्रुअरी १०, १९९२ उल्लेख छ ।

परिचयपत्र नं. ४८५२२९४४०५१३ उल्लेख छ । पछाडिपटिको भागमा आत्मज: अब्दुल ग्राम, अकरथापा प्रो.अकरथापा, भारगामा अररिया विहार ४५४१०२ उल्लेख रहेको छ ।

प्रक्राउ परेपछि उनले आफूसहित अन्य तीनजना भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको बताएका थिए । उनले दिएको जानकारीको आधारमा धरानमा प्रहरीले खोजतालास गर्ने क्रममा थप दुई जनालाई प्रक्राउ गरेको र उनीहरुको साथबाट भारु ५ सयको १५ वटा नक्कली नोट फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले बताए ।

प्रकाशित : कार्तिक १९, २०७४ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?