विद्यार्थीलाई पढाएर महराद्वारा प्राविधिक शिक्षालयको उद्घाटन

सरकारबाट बाहिरिएजस्तै हो : महरा
काशीराम डाँगी

रोल्पा — बिना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफैले जग्गा दान गरी निर्माण गरिएको रोल्पा पोलिटेक्निक इन्स्टिच्युटको उद्घाटन गरेका छन् । रोल्पाको लिबाङमा निर्माण गरिएको उक्त इन्स्टिच्युटमा महराले सोमबार विद्यार्थीलाई पढाएर कक्षाको सुरुआत गरेका हुन् ।

विद्यार्थीलाई पढाएर महराद्वारा प्राविधिक शिक्षालयको उद्घाटन

 

विद्यार्थीमाझ प्राविधिक शिक्षाबारे जानकारी गराउदै महराले सर्वसुलभ एवं गुणस्तरीय ज्ञान हासिल गरेर मात्र गरिबीबाट माथि उठ्न सकिने बताए । दाङबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका महरा रोल्पाका बाम गठन्धनका उम्मेदवारलाई सघाउने उद्देश्यले उनी आफ्नो गृह जिल्लामा आएका हुन् ।

बोर्डमा नेपालको नक्सा बनाउदै महराले सडक सञ्जालबाट दक्षिणको दिल्ली र उत्तरको बेइजिङलाई जोडेर विकासको मुल फुटाउन सकिने बताए । ‘नेपालको विकास गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गुरु योजना बनाउनु पर्छ’, उनले भने, ‘यसो हुन सके अबको पाँच वर्षपछि नेपालको मुहारै बदलिनेछ ।’ 

सरकारको चार करोड लगानीमा इन्स्टिच्युटका लागि भवनको निर्माण कार्य जारी छ । वार्षिक रुपमा ४० विद्यार्थीलाई पढाउन सकिने उक्त इन्स्टिच्युटलाई आवश्यक पर्ने जग्गा महरासहित स्थानीय हिराजंग कुँवर, लालबहादुर कवर र मुलबहादुर रोकासहितले रुपमा दान गरेका हुन् । उक्त शिक्षालय करिब ३६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । महराले करिब ३० रोपनी जग्गान शिक्षालयका लागि दान गरेका हुन् । 

सरकारबाट बाहिरिए जस्तै हो : महरा
यसैबीच महराले माओवादीका मन्त्रीहरु सरकारबाट बाहिरिसकिएको बताएका छन् । वाम गठबन्धनका उम्मेदवारहरुको उपस्थितिमा सोमबार लिबाङमा आयोजित पत्रकार भेटघाटमा महराले आफूसहित माओवादीका मन्त्रीहरुले छिट्टै औपचारिक रुपमा सरकार छोड्ने योजना रहेको समेत बताए । 

‘एक प्रकारले हामी सरकारबाट बाहिरिएका छौं’, प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीविहीन बनाई ‘विना विभागीय’ बनाएकोप्रतिरुपमा टिप्पनी गर्दै उपप्रधानमन्त्री सम्हालेका महराले भने, ‘तैपनि सरकार छिट्टै छोड्ने सुरसारमा छौं । पार्टीले पनि त्यसबारे छलफल चलाइरहेको छ ।’

वम गठबन्धनप्रति कार्यकर्तालाई विश्वास गर्न आग्रह गरेका महराले पार्टी एकताको लक्ष्य लिएर वाम तालमेल गरिएकाले पार्टीको केन्द्रीय नीतिप्रति सम्मान गर्न एमाले र माओवादी केन्द्रका कार्यकर्तालाई उनले आव्हान समेत गरे । रोल्पा लगायत मुलुकका हजारौं कार्यकर्ताले वाम गठबन्धनप्रति आशंका व्यक्त गरेको प्रसंग उठाउदै महराले भने, ‘कार्यकर्ताले जस्तै हामीले पनि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पछि नहट्न भनेका छौं ।’ 

उनले दुई दलको नेतृत्व वाम गठबन्धनको सहमतिबाट पछि हटेमा परिस्थिति बिग्रने बताए । ‘केपी ओली र दाहाललाई सहमतिबाट पछि हटेमा पहिले नेतृत्व ‘ड्यामेज’ हुने र पछि दोस्रो तहका नेतृत्वले पनि विकार सहनु पर्ने सुझाव दिएका छौं’, उनले भने । 

प्रकाशित : कार्तिक २०, २०७४ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?