कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

युवकद्वारा एउटै कक्षामा पढ्ने साथीलाई छुरा प्रहार गरी हत्या

प्रदीप मेन्याङ्बो

धरान — सुनसरीको धरान उपमहानगरपालिका–१ लक्ष्मी सडकस्थित धरान उच्च माविका विद्यार्थी बीच बुधबार छुरा हानाहान हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका छन् । छुरा प्रहारबाट कक्षा ११ मा अध्यनरत धरान–१६ बस्ने विप्लव पराजुली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । सोही उमाविमा कक्षा ११ पढ्ने रवि सिंहले सामान्य विवादमा छुरा प्रहार गरेका थिए । उनी फरार रहेका छन् ।

युवकद्वारा एउटै कक्षामा पढ्ने साथीलाई छुरा प्रहार गरी हत्या

सुनसरीको धरान उपमहानगरपालिका–१ लक्ष्मी सडकस्थित धरान उच्च माविका विद्यार्थीले बुधबार छुरा हानी आफ्नै साथीको हत्या गरेका छन् ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका कक्षा ११ मा अध्यनरत धरान–१६ बस्ने विप्लव पराजुलीको उपचारकको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही उमाविमा कक्षा ११ पढ्ने रवि सिंहले सामान्य विवादमा छुरा प्रहार गरेका थिए ।

घाइते पराजुलीको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार प्रयास भए पनि चार घन्टापछि उनको मृत्यु भएको हाे । उनको बायाँ छातीमा छुरी प्रहार भएको थियाे । छुराको चोट मुटुमा लागेकोले रक्तश्राव नियन्त्रणमा हुन नसकेपछि मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

छुरा प्रहार गरी फरार रहेका सिंह धरान–८ स्थित धनकुटेरोडमा कोठा भाडामा लिएर बस्दै आएको बुझिएको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले छुरा प्रहार गर्ने रवि सिंहलाई बुधबार दिउँसो धनकुटे रोडस्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बताए ।

विद्यालयका प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार एउटै कक्षा र एउटै सेक्सनमा पढ्ने पराजुली र सिंहबीच बिहान सामान्य ठट्टा भएको थियो । बिहानको सामान्य ठट्टा विवादमा परिणत भएपछि शौचालयमा पनि सामान्य भनाभन भएको थियो । बिहान ११ बजे विद्यालय बिदा भएपछि पराजुली गेट बाहिर निस्केर घर जाने तरखरमा थिए । त्यसैबेला विद्यालयको कम्पाउण्ड भित्रैबाट दौडेर आएका सिंहले अंगालो मारेजस्तो गरेर छुरा प्रहार गरी फारार रहेको प्रतक्षदर्शीहरुले बताए ।

प्रकाशित : कार्तिक २२, २०७४ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?