१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रौतहटको एक बस्तीको अधिकांशमा डेंगु लागेको आशंका

सात जनालाई डेंगु लागेको पुष्टि
पवन यादव

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका १ पौराई बजार टोलको एक बस्तीमा डेंगुले महामारीको रुप लिएको छ ।

बस्ती नै महामारीको चपेटामा परेको स्थानीय स्वास्थ्यकर्मीले बताए । एक साताअघि डेंगुको कारण सोही बस्तीका ३१ वर्षीय मोतिलाल गोलेको मृत्यु भएको थियो ।

रौतहटको एक बस्तीको अधिकांशमा डेंगु लागेको आशंका

रौतहटको चन्द्रपुर नगरपालिका १ पौराई बजार टोलको एक बस्तीमा डेंगुले महामारीको रुप लिएको छ ।

बस्ती नै महामारीको चपेटामा परेको स्थानीय स्वास्थ्यकर्मीले बताए । एक साताअघि डेंगुको कारण सोही बस्तीका ३१ वर्षीय मोतिलाल गोलेको मृत्यु भएको थियो ।

ज्वरोले थलिएका उनलाई भरतपुर उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । अस्पतालका चिकित्सकले डेंगुको कारण गोलेको मृत्यु भएको पुष्टी गरेपछि गाउँले चिन्तित छन् ।

करिब तीनसय परिवारको बसोवास रहेको उक्त सुकुम्वासी बस्तीका प्रत्येक घरमा एकदेखि तीनजना मानिसमा बिरामी भएको स्थानीय स्वास्थ्यकर्मी राजेश साहले जानकारी दिए ।

‘बस्ती अधिकांश मानिस बिरामी परेका छन्,’ उनले भने, ‘धेरैमा डेंगुको लक्षण देखिएको छ । बस्तीलाई जोगाउन स्वास्थ्यकर्मीको विशेष टोली गाउँमा खटिनुपर्छ ।’

डेंगुको प्रकोप कम गर्न आफूले सक्दो प्रयास गरेको तर त्यो पर्याप्त नहुँने उनले बताए ।

यो पनि पढ्नुहाेस्--

डेंगु के हाे र यसकाे लक्षण र उपचार केके हुन् ?

पौराई स्वास्थ्य चौकीकी प्रमुख पूजा श्रेष्ठका अनुसार बस्तीका सात जनालाई डेंगु लागेको पुष्टी भइसकेको छ । बस्तीका अधिकांश मानिसमा ज्वरो आउनेजस्ता समस्या देखिएकाले उनीहरुमा पनि डेंगु लागेको आशंका गरिएको हो ।

स्थानीय रामबाबु चौधरी, उनकी श्रीमति, छोरा गरी एकै परिवारका तीन जनामा डेंगु लागेको स्वास्थ्य परीक्षणबाट पुष्टी भइसकेको उनले बताइन । त्यस्तै, सोही बस्तीकी मैया थापा र उनकी छोरीमा डुेंगु देखिएको उनले जानकारी दिइन् ।

बस्तीका अधिकांश परिवारका सदस्यलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, मांशपेसी दुख्नेलगायतका लक्षण देखापरेको उनले बताइन् ।

बस्तीमा डेंगुको प्रकोप फैलिएपछि डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने काम तीन दिनदेखि सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका भेक्टर कन्ट्रोलर नन्देश्वर चौधरीले बताए ।

‘लार्भा नष्ट गर्न हामी सबै स्वास्थ्यकर्मीहरु खटिएका छौं,’ उनले भने, ‘त्यसको खोजीमा पुरै बस्ती चहार्न सुरु गरेका छौं ।’ यहाका बिरामीको जाचको लागि १ सय थान डेंगु जाँच गर्ने किट माग गरिएको उनले बताए ।

प्रकाशित : कार्तिक २३, २०७४ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?