३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

फोरम र समावेशी पार्टीबीच एकता

कान्तिपुर संवाददाता

इटहरी — संघीय समाजवादी फोरम र नेपाल समावेशी पार्टीबीच एकता भएको छ । सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारमा एकता घोषणा गरिएको हो ।

फोरम र समावेशी पार्टीबीच एकता


पार्टी एकीकरण कार्यक्रममा फोरम उपाध्यक्ष युवराज कार्की र समावेशीका तर्फबाट लोकेन्द्र कार्कीले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरिएको छ । एकीकरणपछि समावेशी पार्टीका तर्फबाट लोकेन्द्र कार्कीले पार्टी अध्यक्ष मोतीलाल भारती, कांग्रेससँग गला मिलाउन गएकाले आफू नेतृत्वको संघीयता पक्षधरको समूह फोरमसँग एकीकरणमा आएको बताए । यस्तै फोरमका तर्फबाट उपाध्यक्ष युवराज कार्कीले संघीयता पक्षधर शक्तिबीच एकीकरण आवश्यक रहेको भन्दै त्यस्ता २५ वटाभन्दा बढी शक्तिका बीचमा वार्ता भइरहेको जानकारी दिएका थिए ।

 

प्रकाशित : कार्तिक २३, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?