कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ टोलीको निष्कर्ष, 'रेलको सम्भावना छ'

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल जोड्ने रेल चीनबाट ल्याउन सक्ने सम्भावना रहेको निश्कर्षसहित चिनियाँ प्राविधिक टोली फर्केको छ । नेपालभित्र र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको बताएका छन् ।

चिनियाँ टोलीको निष्कर्ष, 'रेलको सम्भावना छ'

नेपाल जोड्ने रेल चीनबाट ल्याउन सक्ने सम्भावना रहेको निश्कर्षसहित चिनियाँ प्राविधिक टोली फर्केको छ ।

नेपालभित्र र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको बताएका छन् । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनीको अध्ययन गरेको उक्त टोलीले त्यस्तो जानकारी दिएका हुन् । उनीहरुले अध्ययन प्रतिवेदन भने केही समयपछि बुझाउने छन् ।

चिनियाँ प्राविधिकले थप अध्ययन गरेर त्यसको सम्भावनालाई टुंगो लगाउनेछन् । चीनको राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख चेङ चियान नेतृत्वको २३ सदस्यीय टोली उक्त अध्ययन र लगानीको अवस्थाबारे अध्ययन गर्न सोमबार नेपाल आएको थियो । टोलीले नेपालभित्र र सीमामा जोड्ने रेलको प्राविधिक पक्षबारे अध्ययन गरेको थियो । उक्त टोलीले आएलगत्तै र स्थलगत अवलोकन सकेर जानुअघि छलफल गर्दै सम्भावाना रहेको निश्कर्ष निकालेको हो । टोलीले अन्य प्राविधिकहरुको समेत धारणा र नेपाल सरकारको रेल विभागले तयार गरेको अध्ययनको आधारलाई राखेर नेपालमा रेलमार्ग सम्भव रहेको जानकारी चीन सरकारलाई दिनेछ ।

उनीहरुले आफ्नो पक्षबाट अध्ययन समेत गरिसकेकाले सरकारले पनि अव छुट्टै प्रस्तावसहित रेल निर्माणको लागि अघि बढ्न पर्ने हुन्छ । रेल विभागमा सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाश शर्माले कान्तिपुरसँग भने, ‘अध्ययन राम्रो भएको छ । उनीहरुले आफ्नो चासो राखे हामीले हाम्रो कुरा राख्यौं । भएका अध्ययन र सम्भावना पनि देखाए । केही समस्या र त्यसको निधान पनि देखाएका छन । अब प्रक्रिया अघि बढाउँदा चिनियाँ पक्ष सकारात्मक रहने स्पष्ट छ ।’

यस क्षेत्रमा भौगर्भिक समस्या रहेको जानकारी पनि उनीहरुले दिएका छन् । दुई प्लेटको बीचमा रहेको क्षेत्र भएकाले प्लेट आपसमा जुध्दा रेलमार्गको सुरुङमा समस्या आउन सक्ने भए पनि त्यहाँ रेल कुद्न सक्ने सम्भावना रहेको धारणा उनीहरुले ब्यक्त गरेका छन् ।

प्रकाशित : कार्तिक २४, २०७४ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?