देउवा ताप्लेजुङ र पाँचथर आउँदै

आनन्द गौतम

ताप्लेजुङ — कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार ताप्लेजुङ आउँदैछन् । चुनावी आमसभालाई सम्वोधन गर्न उनी ताप्लेजुङ आउन लागेका हुन्।

बिहान १० बजे काठमाडौंबाट उड्ने उनले ताप्लेजुङमा रहेको पाथीभरा देवी दर्शन गर्ने र त्यसपछि सदरमुकाम फुङलिङको तोक्मेडाँडाँमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

देउवा ताप्लेजुङ र पाँचथर आउँदै

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार ताप्लेजुङ आउँदैछन् । चुनावी आमसभालाई सम्वोधन गर्न उनी ताप्लेजुङ आउन लागेका हुन्।

बिहान १० बजे काठमाडौंबाट उड्ने उनले ताप्लेजुङमा रहेको पाथीभरा देवी दर्शन गर्ने र त्यसपछि सदरमुकाम फुङलिङको तोक्मेडाँडाँमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनीसँगै नेता वालकृष्ण खाँड लगायतका नेतापनि आउने कांग्रेस ताप्लेजुङका सभापति लिलादेवी बोखिमले जानकारी दिइन् ।

देउवाले पाँचथर सदरमुकाम फिदिममा हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । फाल्गुनन्द जयन्तीको अवसर परेकाले किरात धर्मावल्बीहरुको धार्मिक स्थल लुब्रेकुटी जाने कार्यक्रम रहेको बोखिमले जानकारी दिए । देउवाले ताप्लेजुङ, पाँचथर र सोलुखुम्वुको आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?