२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रजातन्त्र कमजोर पार्ने षड्यन्त्र भयो : देउवा

आनन्द गौतम

ताप्लेजुङ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र कमजोर पार्ने षड्यन्त्र भएको बताएका छन् ।

प्रजातन्त्र कमजोर पार्ने षड्यन्त्र भयो : देउवा

शनिबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्र कुनै पनि वहानामा खोस्न नदिने प्रतिबद्धता पनि जनाए । ‘यति लामो लडाइपछि, जनधनको क्षतिपछि आएको प्रजातन्त्र कुनै पनि हालतमा खोसिन सक्दैन' उनले भने 'नेपाललाई डरत्रास मुक्त बनाउन अर्को पार्टी पनि छैन, त्यसका लागि नेपाली जनता सचेत हुनुपछ ।’

देउवाले कम्युनिष्ट सिद्धान्तमा लोकतन्त्र पनि नहुने र एकदलीय तानाशाह हुने दाबी गरे । ‘जहाँ बोल्न पाइँदैन, लेख्न पाइँदैन, डरत्रासले कुण्ठित शासन हुन्छ । डरत्रासबाट जकडिएको शासन हुन्छ । त्यसैले कम्युनिष्ट भनेकै प्रजातन्त्र विरोधी हो । लोकतन्त्र विरोधी हो’ उनले भने ।

कांग्रेस प्रचार विभाग प्रमुख बालकृष्ण खाँडले भने एमालेका केपी ओली र मधेसका सिके राउत एकै भएको आरोप लगाए । नेपाललाई खण्डित गर्न खोज्ने नेता राष्ट्रवादी नेता हुन नसक्ने भन्दै उनले भने, ‘एमाले अध्यक्ष ओली र तराइको विखण्डनका लागि क्रियाशील सिके राउत एउटै सिक्काका दुइ पाटा हुन् । एउटाले मधेसको मुद्दालाई लिएर मधेसमा बिखण्डनको नारा लगाउँछ अर्कोले जातजातिलाई बिखण्डन गराएर झगडाको बिउ लगाउँछ ।’

आफ्नै जिल्लाका भएकाले कांग्रेसबाट बनेका उम्मेदवारलाई जिताउन दुवै नेताले कार्यकर्तालाई आग्रह गरेका थिए । शनिबार बिहान देउवाले पाथीभराको दर्शन गरेका थिए । उनले पाथीभराको विकासका लागि काम गर्ने पनि बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?