३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारत लगिँदै गरेका चार युवतीको उद्धार

रवीन्द्र उप्रेती

महोत्तरी — महिला बेचविखनमा सक्रिय गिरोहले समसी नाकाबाट भारत लैजान लागेका ४ युवतीलाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । उद्दार गरिएका सिन्धुपालचोक र सिन्धुलीका २० देखि २२ वर्ष उमेर समूहका युवती छन् ।

उनीहरुलाई भारत लैजान सहयोग गर्ने अर्का एक व्यक्तिसमेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपाल भारत सीमानजिक फेला परेका उनीहरुलाई सोधपुछ गर्दा बयान फरक परेपछि समसीस्थित सशस्त्र प्रहरीको शनिबार शनिबार नियन्त्रणमा लिएको हो ।

उद्दार गरिएकामा सिन्धुपाल्चोक हेलम्बुकी २० वर्षीया उषा तामाङ्ग, सोही उमेरकी फूलमाया तामाङ्ग र सिन्धुपाल्चोक पाँचपोखरी ८ की रन्जना तामाङ्ग तथा सिन्धुली मरिनकी २२ वर्षीया कान्छप्माया लो छन् । त्यस्तै सर्लाही हरिवन नपा ८ का ३६ वर्षीय टेकवहादुर कालीकोटेलाई पनि सशस्त्रले नियन्त्रणमा लिएको छ ।

कालीकोटेले उनीहरुलाई दिल्ली विमानस्थलमा पासपोर्ट र भीसा दिएर कुवेत पठाइदिन लगिएको स्वीकारेका छन् । वैदेशिक रोजगारीमा लगाईदिने भन्दै भारत लैजाने गिरोहका केही व्यक्ति दिल्लीमा रहेको कालीकोटेले बयान दिएका छन् ।

समसीस्थित सशस्त्र प्रहरीका निरीक्षक विदूर ढकालकाअनुसार उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि जलेश्वरस्थित जिल्ला प्रहरीमा बुझाइएको छ । 

प्रकाशित : कार्तिक २५, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?