सरकारले सहयोग गरे ८० प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारले औषधि उत्पादनप्रति सकारात्मक नीति अख्तियार गरे ८० प्रतिशत औषधि मुलुक मै उत्पादन गर्न सकिने यस क्षेत्रका जानकारहरुले बताएका छन् ।

नेपाल औषधि उत्पादक संघको २३ औं वार्षिक साधारणसभामा उक्त कुरा बताइएको हो । हाल कूल खपतको करिब ४५ प्रतिशत औषधि मुलुकमै उत्पादन हुने गरेको छ ।

मुलुकलाइ औषधिमा आत्मनिर्भर बनाउने कुरा करिब अढाई दशकदेखि स्वास्थ्य नीतिमा उल्लेख रहेपनि यसलाइ व्यवहारमा परिणत गर्न राज्यको निकायले कुनै सकारात्मक पहल नगरेको गुनासोसमेत औषधि उत्पादकहरुले गरे ।

मुलुकमा औषधिको बजार करिव २० अर्बको रहेको जनाउँदै संघका नवनिर्वाचित अध्यक्ष दीपक दाहालले अगामी तीन वर्षभित्र औषधिको बजार एकसय अर्बको हुने दाबी गरे । यसमा आफूहरुले ८० प्रतिशत बजार हिस्सा लिने लक्ष्य राखेको समेत उनले बताए ।

मुलुकमा करिब ६० प्रतिशत औषधि विदेशबाट आयात भइरहेको औल्याउँदै संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले यसको लागि देशमा भएको अनुपयुक्त औषधि नीति, नियम जिम्मेवार रहेको उल्लेख गरे ।
उनले हाल मुलुकको औषधि नीति आयातमा आधारित रहेको जनाउँदै सरकारले यो स्थिति हटाउन सहयोगको वातावरण वनाउनुपर्ने जनाए ।

२३ औं वार्षिक साधारणसभाले औषधि उत्पादक संघको अध्यक्षमा दीपक दाहाललाई चयन गरेको छ । यसअघि संघको अध्यक्ष शंकर घिमिरे थिए । 

प्रकाशित : कार्तिक २५, २०७४ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?