३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बियरको बोत्तलले हानी सासूको हत्या

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका १ रिम्नामा एक बुहारीले बियरको बोत्तलले हिर्काउर सासूको हत्या गरेकी छन् । रिम्नाकी २७ बर्षीया भवानी रानाले ४५ वर्षीया सासू लाई कन्चटमा हिर्काएर हत्या गरेकी हुन् ।

घट्ट बेचेको रकमको विषयलाई लिएर सासूबुहारीबीच विवाद भएको थियो । विवादका क्रममा भवानीले बियरको बोत्तलले कन्चटमा हानेर सासूको हत्या गरेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

हत्यामा संग्लग्न भएको आरोपमा भवानी र मृतकका पति दुधबहादुरलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?