२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पहिलो चरणको परिचयपत्र मंसिर ८ र ९ मा

कान्तिपुर संवाददाता

रासस — मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ ।

पहिलो चरणको परिचयपत्र मंसिर ८ र ९ मा

निर्वाचन आयोगका अनुसार गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि उक्त मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा निर्वाचन आयोगले सबैलाई सूचीत गरेको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?