१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेसमा प्रवेश गरिन् समाजसेवी अनुराधा कोइराला

कान्तिपुर संवाददाता

काठमाडौं — समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमबीच ‘सिएनएन हिरो’बाट सम्मानित कोइरालालाई पार्टीमा स्वागत गरेका उनको सचिवालयले जनाएको छ ।

कांग्रेसमा प्रवेश गरिन् समाजसेवी अनुराधा कोइराला

चेलीबेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट सम्भव हुने देखेर पार्टी प्रवेश गरेको बताइन् ।

फोर्ब्स पत्रिकामा अर्बपतिको सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी पनि केही साता कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित : कार्तिक २६, २०७४ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?