राष्ट्रपति आज यूएई जाँदै

कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी युनाइटेड अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणका लागि आज सोमबार त्यसतर्फ जाँदैछिन् । भ्रमणको कार्यक्रम आइतबार सार्वजनिक गरिएको हो ।

राष्ट्रपति आज यूएई जाँदै

भ्रमणका क्रममा नेपाल र यूएईबीच आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ । खाडी मुलुकबीच नै आन्तरिक सम्बन्ध सुमधुर हुन नसकेको अवस्थामा भण्डारी खाडीकै एक मुलुक यूएई जान लागेकी हुन् ।

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?