१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दाहालको दाबी– माओवादीले ४० सिटसम्म जित्छ

‘दुई तिहाई ठोकुवा गर्न सक्दिन, वाम गठबन्धनको सुविधाजनक बहुमत आउँछ’
विमल खतिवडा

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो पार्टीले ४० सिटसम्म जित्ने दाबी गरेका छन् ।

चितवनमा सोमबार बिहान भएको पत्रकार सम्मेलनमा दाहालले ४० सिटसम्म माओवादीले जित्ने प्रक्षेपण गरेका हुन् ।

दाहालको दाबी– माओवादीले ४० सिटसम्म जित्छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो पार्टीले ४० सिटसम्म जित्ने दाबी गरेका छन् ।

चितवनमा सोमबार बिहान भएको पत्रकार सम्मेलनमा दाहालले ४० सिटसम्म माओवादीले जित्ने प्रक्षेपण गरेका हुन् । ‘शतप्रतिशत जित्ने प्रयास त हुन्छ नै,’ उनले भने, ‘तर ३० भन्दा माथि ४० सम्म जित्न सकिन्छ ।’ जिल्लागत रिपोर्ट लिने काम भइरहेकाले आन्तरिक प्रक्षेपण गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग ६०/४० को भागबण्डा गरेको माओवादीले ६६ सिटमा उम्मेदवार बनाएको छ ।

दाहालले गठबन्धनले दुई तिहाई बहुमत ल्याउन कठीन भए पनि सुविधाजनक बहुमत आउने दाबी गरेका छन् ।

चितवन– ३ मा प्रतिनिधिसभा उम्मेदवार दाहालले प्रतिस्पर्धी राप्रपा नेताको पृष्ठभूमि ठेकेदारको रहेकाले त्यही पेसामा रहन सुझाव दिए । उनले पाण्डेसँग आफ्नो प्रतिस्पर्धा नहुने बताए । ‘कांग्रेसको उम्मेदवार भएको भए चर्कै प्रतिस्पर्धा हुने थियो तर कांग्रेसले एकजना ठेकेदारलाई समर्थन गरेपछि प्रतिद्वन्द्वीताको अवस्था छैन,’ उनले भने, ‘उहाँले युवाहरुलाई परिचालन गरेको भन्ने सुनेको छु, उहाँ राम्रो ठेकेदार हो, ठेकेदारी नै गरे राम्रो, राजनीतिज्ञलाई राजनीति गर्न दिन मेरो सुझाव छ ।’

एमाले र माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहे पनि चुनावी घोषणापत्रमै राख्दा चुनाव भाडिने र संसदमा तत्कालै संविधान संशोधन प्रस्ताव लैजानुपर्ने नैतिक अप्ठ्यारोमा परेको दाहालको भनाइ छ । चुनावपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा अगाडि बढ्ने उनले जानकारी दिए ।

दाहालले चुनावमा सुरक्षा चुनौति नरहेको उल्लेख गर्दै तर रोल्पा रुकुममा कांग्रेसले विप्लव समूहसँग ‘तालमेल’ गरेर आपराधिक गतिविधि बढाएको प्रतिक्रिया दिए ।

प्रकाशित : कार्तिक २७, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?