कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[अपडेट] निर्माण व्यवसायी गौचनको हत्या आरोपी ५ जना सार्वजनिक, मुख्य अभियुक्त अझै फरार

जनकराज सापकोटा

काठमाडौं — प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँचजना अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै गोली हान्ने नुवाकोट पञ्चकन्या गाउँपालिकाका राजीव स्याङ्तान, हतियार व्यवस्था गर्ने पर्साका शिवजी महतो, बिहारका मुकेशकुमार पाण्डेलाई सार्वजनिक गरिएको हो । त्यस्तै मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरीका सन्तोष गुरुङ, सहयोगी प्रकाश बूढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।

[अपडेट] निर्माण व्यवसायी गौचनको हत्या आरोपी ५ जना सार्वजनिक, मुख्य अभियुक्त अझै फरार

प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँचजना अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी गोली हान्ने नुवाकोट पञ्चकन्या गाउँपालिकाका राजीव स्याङ्तान, हतियार व्यवस्था गर्ने पर्साका शिवजी महतो, बिहारका मुकेशकुमार पाण्डेलगायतलाई सार्वजनिक गरिएको हो । त्यस्तै मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरीका सन्तोष गुरुङ, सहयोगी प्रकाश बूढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित मनोज पुन, लोप्साङ लामा, ग‌ंगा लिङ्देन, श्यामबहादुर गुम्बे, अम्मरबहादुर लामा, रोशन बुढाथोकी र अजय थापा अझै फरार छन् । पुनले घटनाको नेतृत्व लिएका थिए भने गुम्बे र लामा नेपाली सेनाका भगौडा सिपाही हुन् । बुढाथोकीले घटना सम्पन्न गराउन भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी घटनाका कमाण्ड समिरका नातेदार रहेको खुलेको छ ।

पक्राउ परेकाहरुमाथि स‌ंगठित अपराध ऐनअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ६० दिनको म्याद दिएको छ । उनीहरुलाई अहिले महानगरीय नगर प्रहरी कार्यालय प्रदर्शनीमार्गमा राखिएको छ ।

असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक ईन्स्पेक्टर छन् ।

यस्तो छ, घटनाबारे प्रहरी अनुसन्धानबाट खुलेको तथ्य

प्रकाशित : कार्तिक २८, २०७४ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?