पत्नीको हत्या

अवधेशकुमार झा

राजविराज — मंगलबार अपरान्न श्रीमती ललितादेबी यादबसँगै खेतमा धान काटिरहेका जयप्रकाशले धान काट्ने हसियाले घाँटी रेटेर श्रीमतीको हया गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाए ।

सप्तरीको बोदेबरसाइन नगरपालिका ३ का जयप्रकाश यादबले आफ्नी श्रीमतीको घाँटी रेटेर विभत्स हत्या गरेका छन् ।

यादवले प्रहरी समक्ष आफूमाथिको आरोप स्वीकारेका छन् ।

जयप्रकासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २ छोरा र एक छोरा रहेको यो दम्पतिबीच यसअघि पनि विवाद हुने गरेको स्थानीयले बताएका छन् ।
यस अघि छठताका समेत जयप्रकाशले ललितालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

प्रकाशित : कार्तिक २८, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?