कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विभिन्न जिल्लामा विप्लवका २२ कार्यकर्ता पक्राउ

लालप्रसाद शर्मा

पोखरा — निर्वाचन बिरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले चार नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाबाट नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा माओवादीका २२ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यकर्तादेखि केन्द्रीय सदस्यसम्मका नेता छन् ।

चार नम्बर प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसपी बसन्तबहादुर कुँवरका अनुसार सबैभन्दा बढी कास्कीमा १३, गोरखामा ७ र म्याग्दीमा २ जना पक्राउ परेका छन् । उनीहरुबिरुद्ध केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइएको उनले बताए । ‘नेकपाका कार्यकर्ताको गतिविधि प्रहरीले नजिकबाट नियालिरहेको छ,’ उनले भने, ‘निर्वाचनबिरोधी गतिविधि गर्नेलाई छाडिने छैन ।’

प्रकाशित : कार्तिक २८, २०७४ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?