खुडा प्रहार गरी बाबुछोरासहित तीनको हत्या

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको मनहरी—७ विजौनाका एक युवकले खुडा प्रहार गरेर छिमेकी तीन जनाको हत्या गरेका छन् ।

३२ वर्षीय सुमन बराइलीले हातमा खुडा लिएर ५५ वर्षीय सीताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनलाई प्रहार गरेर मंगलबार अपरान्ह हत्या गरेका छन् । सीताराम र सुदन बाबुछोरा हुन् । गर्धनलगायत शरीरको विभिन्न भागमा खुडा प्रहार गरेर सख्त घाइते भएका थिए । सीताराम धितालको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो भने सुमन र जीतबहादुर भरतपुर अस्पताल पुर्‍याउने बितिक्कै मृत्यु भएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । 

घरबाट खुडा लिएर निस्केका बराइलीले सबैभन्दा पहिला सीतारामको टाउकोमा खुडा प्रहार गरेका थिए । त्यसपछि उनीसँगै रहेका सुदनको गर्धन र टाउकोमा प्रहार गरेर भुइँमा लडाएका थिए । चिच्च्याएर दौडिइरहेका जीतबहादुरलाई पछिपछि टाउकोमा खुडा प्रहार गरेर बराइलीले भुइँमा ढालेका थिए । बराइलीलाई नियन्त्रण लिन गएको मनहरीको प्रहरी टोलीलाई पनि खुडा देखाएर तर्साउन खोजेका थिए । प्रहरी र स्थानीय गाउँलेले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो । 

दुई छोराको बाबुसमेत रहेका बराइलीले घरमा पनि बेलाबेलामा परिवारलाई खुडा देखाएर तर्साउने गरेको आमा सानी बराइलीले बताइन् । घटना देखेपछि बराइलीको पत्नी र दूई छोरा पनि बेहोस भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ । 

प्रकाशित : कार्तिक २८, २०७४ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्

पाटन औद्योगिक क्षेत्रमा आगलागी, निभाउने क्रम जारी (फोटो)

प्रशान्त माली

काठमाडौं — ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । मंगलबार साँझ आनन्द प्लास्टिक उद्योग, पञ्चकन्या युनिक, पूर्णकाष्ठ उद्योग आगलागी भएको हो । अहिले दमकल, सुरक्षाकर्मीले आगो निभाउने क्रम जारी रहेको पाटन औद्योगिक क्षेत्रले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको आंकलन गरिएको छ ।








तस्बिरहरु : हेमन्त श्रेष्ठ

प्रकाशित : कार्तिक २८, २०७४ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्