कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रदेश ३ का २४७ मतदानस्थल ‘अति संवेदनशील’

कान्तिपुर संवाददाता

हेटौंडा — सुरक्षा निकायले प्रदेश ३ का १० जिल्लामा २ सय ४७ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । प्रदेश ३ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले भौगोलिक विकटता, विगतमा भएको चुनावी झडप र माओवादीको विप्लव समूहको हिंसात्मक गतिविधिका कारण ती मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको जानकारी दिए ।

यस्तै, सुरक्षा निकायले ३ सय ८७ मतदानस्थललाई संवेदनशीलमा राखेको छ ।
 
३ प्रदेशका १० जिल्लामा १ हजार २ सय ५१ मतदानस्थल छन् भने मतदान केन्द्र २ हजार ५ सय ६८ छन् । ‘अति संवेदनशीलको सुरक्षाका लागि फरक ढंगले व्यवस्था गरेका छौं,’ घिमिरेले भने, ‘थ्रेटका आधारमा सुरक्षा प्रबन्ध मिलाएका छौं ।’ प्रदेश ३ को मतदानस्थलको सुरक्षाका लागि ९ हजार ५ सय प्रहरी र १२ हजार ५ सय म्यादी गरी २२ हजार सुरक्षाकर्मी खटाइने जनाइएको छ । यस्तै, सुरक्षाका लागि सशस्त्र बल र नेपाली सेना पनि रहनेछ । मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो अर्थात् बाहिरी घेरामा नेपाली सेना रहने व्यवस्था छ । 

३ नम्बर प्रदेशमा १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ । १० जिल्लामध्ये ६ जिल्लामा मंसिर १० मा र ४ जिल्लामा मंसिर २१ मा चुनाव हुनेछ । 

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?