कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बुधबार बिहान भ्रष्टाचारमा संलग्न रहेको भन्दै छानविनको लागि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

मंगलबार बेलुका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्ग बहादुर केसीलाई पक्राउ गरेपछि उनीहरुले पाण्डेले पनि घुस लिएको भन्दै 'पोलेका' थिए । पौडेल र खड्का इन्द्रेणी फुडल्यान्डमा १० लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका थिए ।

दुवैले महानिर्देशकको नाम लिएपछि अख्तियारले उनलाई पक्राउ गरेको बताइएको छ ।

महानिर्देशक पाण्डे गत कार्तिकमा श्रम बिभागबाट रोजगार बिभागमा सरुवा भएर आएका थिए । पाण्डे प्रधानमन्त्री पत्नी आरजु राणाको दवावमा बिभागमा सरुवा भएको बताइन्छ । उनी मंसिर ५ गतेबाट अवकास हुनेछन् ।

बिभागमा म्यानपावरको अनुगमन, श्रम स्वीकृति, म्यानपावरविरुद्ध हुने उजुरी र म्यानपावारको दर्ता प्रक्रियामा ठुलो भ्रष्टाचार हुने गरेको छ । सरकारले नयाँ म्यानपावर दर्ता गर्न रोक लगाएपनि अदालतले आदेश दिएको भन्दै नयाँ दर्ता गर्ने प्रक्रियामा ठुलो चलखेल हुदै आएको छ । अख्तियारले यसअघि पनि म्यानपावर दर्ता प्रक्रियामा लेनदेन गरिरहेको बेला कर्मचारीलाई नगद सहित प्रक्राउ गरेको थियो । ब्यवसायीहरुका अनुसार एउटा म्यानपावर दर्ता गर्दा कम्तीमा दुई लाख रुपैयासम्म लिने गरिन्छ ।

शुन्य लागत (फ्रि भिसा र फ्रि टिकट) लाई कार्यान्वयन नगरेको भन्दै बिभागले ६ सयभन्दा बढी म्यानपावरको आर्थिक कारोवार छानविन प्रकरणमा समेत बिभागले ब्यबसायीसँग ठुलो रकम असुल गरेको ब्यबसायीले आरोप छ । व्यावसायीले आफ्नो काम रोक्का गर्ने भएपछि प्रति म्यानपावर तीन देखि ५ लाख रुपैयासम्म बुझाउनु परेको आरोप लगाउदै आएका छ ।


प्रकाशित : कार्तिक २९, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?