कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन सुरक्षाबारे गम्भीर हुन सुरक्षा अधिकारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले केही समययता निर्वाचनविरोधी गतिविधि बढ्न थालेको भन्दै सुरक्षा निकायलाई यस विषयमा गम्भीर हुन निर्देशन दिएका छन् ।

निर्वाचन सुरक्षाबारे गम्भीर हुन सुरक्षा अधिकारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

सात नं प्रदेशको क्षेत्रीय सुरक्षा गोष्ठीलाई धनगढीमा सम्बोधन गर्दै गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाले केही जिल्लामा निर्वाचन प्रकृयालाई असर पुगाउने गरी उम्मेदवार लक्षित गतिविधि भइरहेकाले सुरक्षासम्बन्धी चासोमा गम्भीर हुन उनले निर्देशन दिएका हुन् । 

निर्वाचनविरोधी गतिविधि, अस्वस्थ प्रतिस्पर्धा, धम्की, चन्दा संकलनजस्ता गतिविधिलाई नियन्त्रण गर्न प्रधानमन्त्रीले गोष्ठीमा सहभागी सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले भने ‘भौगोलिक विकटता, संरचनाको अभाव, निर्वाचनमा हुने मानवीय त्रुटिजस्ता चुनौतीका बाबजुद चुनावका लागि आवश्यक वातावरण बनाउन सबैलाई आग्रह गर्छु ।’

सुरक्षा गोष्ठीमा जम्मा ३ मिनेट बोलेका प्रधानमन्त्री देउवाले चुनावी कार्यक्रमको व्यस्तताका कारण सुरक्षा अधिकारीहरुले गर्ने ब्रिफ्रिङ्ग समेत सुन्न भ्याएनन् । 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षा रणनीति तय गर्न आयोजित गोष्ठीमा प्रदेश नम्बर ७ का ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : कार्तिक २९, २०७४ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?