कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हात्तीको पुच्छर र चाँदीका गहनासहित दुई जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — प्रहरीले महत्तरीको बर्दिबास नगरपालिकाबाट हात्तीको पुच्छर र चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

हात्तीको पुच्छर र चाँदीका गहनासहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय, बर्दिबासबाट खटिएको टोलीले कैलाली, टिकापुर नगरपालिका-१ का ३९ वर्षीय विश्वराज तिवारी र कालिकोट, तिलगुफा नगरपालिका-९ का ३९ वर्षीय रंगलाल कोइरालालाई पक्राउ गरेको जनाएको छ । तिवारी चाँदीका गहना र कोइराला हात्तीको पुच्छरसहित पक्राउ परेका हुन् । उनीहरुबाट चाँदी ९ किलो ४० ग्राम र हात्तीको पुच्छरजस्तो देखिने वस्तु १५ हजार ३२५ थान बरामद भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बरामद चाँदी ४ लाख २५ हजार ६ सय २५ रुपैयाँबराबरको रहेको छ । ब्रासलेट, औंठी, सिक्री, पाउजु गेडालगायत आकारमा चाँदी बरामद गरिएको छ ।

प्रकाशित : कार्तिक २९, २०७४ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?