सामूहिक बलात्कार आरोपमा जनकपुरका चार पक्राउ

सन्तोष सिंह

धनुषा — जनकपुरमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि किशोरीको मुख बाँधेर नहरमा लगि बलात्कार गरेको आरोप छ ।

सामूहिक बलात्कार आरोपमा जनकपुरका चार पक्राउ

घटनाको लामो समयपछि प्रहरी कार्यालयमा पीडितले उजुरी गरेपछि जनकपुर उप महानगरपालिका १८ स्थित जलाश्यमा छठ घाटमा बसिरहेकी १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो ।
पीडितको उजुरीको अधारमा आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

कार्तिक ९ गते राति ११ बजे छठ घाटमा बसेकी किशोरीलाई मदिरा सेवना गरी आएका चार युवाहरुको समूहले मुख थुनेर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १८ का २० वर्षीय मनिष कुमार मण्डल, १९ वर्षीय राजु मण्डल, १९ वर्षीय गुडु मण्डल र १८ वर्षीय सुनिल मण्डल छन् ।

पक्राउ परेका चारै जनालाई कार्तिक २८ गते जवर्जस्ती करणी मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कार पछि उनीहरुले कसैलाई बताए मारिदिने धम्की दिएका थिए । पीडित किशोरीलाई आरोपीहरुले धम्की र ब्ल्याकमेल गर्न थालेपछि पीडितले उजुरी गरेको प्रहरीको भनाई छ ।

प्रकाशित : कार्तिक ३०, २०७४ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?