सतबीज छरेर फर्किएका ब्रतालु चढेको बस दुर्घटना, एकको मृत्यु

कम्तीमा ३० घाइते
लालप्रसाद शर्मा

पोखरा — सतबीज छर्ने ब्रतालु बोकेको बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमा मृत्यु भएको छ भने कम्तीमा ३० घाइते भएको प्रहरीले जनाएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पंचासेमा सतबीज छरेर पर्वतको आर्थरतर्फ जाँदै गरेको ध१ख ८७ नम्बरको बस कास्की र स्याङजा सीमा भन्ज्याङमा सडकदेखि एकसय मिटर तल खसेर दुर्घटना भएको हो ।

सतबीज छर्ने ब्रतालु बोकेको बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमा मृत्यु भएको छ भने कम्तीमा ३० घाइते भएको प्रहरीले जनाएको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पंचासेमा सतबीज छरेर पर्वतको आर्थरतर्फ जाँदै गरेको ध१ख ८७ नम्बरको बस कास्की र स्याङजा सीमा भन्ज्याङमा सडकदेखि एकसय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दीपक गुरुङ घटनास्थलमै मृत्यु भएको छ । उद्धार खटिएका प्रहरी नायव निरीक्षक (सई) भरत पौडेलका अनुसार कम्तीमा पनि ३० जना यात्री घाइते भएका छन् । उनीहरुलाई उपचारकालागि पोखरा पठाउने तयारी भईरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : मंसिर १, २०७४ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?