१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

सुदीप कैनी, आश गुरुङ

गोरखा, लमजुङ — गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङतर्फ जाने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको छ । उनी चढेको गाडी तनहुँको भानु गाउँपालिका १० स्थित नेपालडाँडा भन्ने ठाउँमा पुग्दा बम प्रहार भएको हो ।

रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

लमजुङमा भइरहेको कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न आउँदै गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको छ ।

गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङको बेंसीसहरतर्फ आउँदै गर्दा पौडेल सवार बा१३च ३७४६ नम्बरको गाडीमा शनिबार दिउँसो ३ बजेतिर बम प्रहार भएको हो । उनका सहयोगी पत्रकार सूर्यचन्द्र बस्नेतका अनुसार तनहुँको भानु नगरपालिका १०, नेपालडाँडामा पौडेल चढेको गाडीमा बम प्रहार भयो ।

घटनास्थल लमजुङको सीमा पाउँदै नजिकै पर्छ । बम प्रहारबाट गाडीको सिसा फुट्नुका साथै स्कर्टिङ गरिरहेको गाडीमा रहेको एकजना प्रहरी घाइते भएको उनले बताए । ‘उहाँ (पौडेल) अगाडि सिटमा हुनुहुन्थ्यो । हामी पछाडि सिटमा थियौं । बम प्रहारले दोस्रो सिटको सिसामा लाग्यो । सिसा फुटेको छ’ उनले भने । उनका अनुसार चालकसहित गाडीमा ८ जना सवार थिए ।

उनका अनुसार माथिल्लो कान्लाबाट बम प्रहार भएको हो । बम कस्तो प्रकारको हो भन्ने एकीन भने नभएको उनले बताए । लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले घटना भएको पुष्टि गरे । लमजुङ र तनहुँका प्रहरी मिलेर घटनामा संलग्नको खोजी तीव्र पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २, २०७४ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?