दाहाल र ओली नक्कली कम्युनिष्ट : भट्टराई

पालुटङटारमा चुनावी सभा
सुदीप कैनी

गोरखा — पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली नक्कली कम्युनिष्ट भएको आरोप लगाएका छन् ।

दाहाल र ओली नक्कली कम्युनिष्ट : भट्टराई

शनिबार क्षेत्र नम्बर २ को पालुङटारमा भएको नयाँ शक्ति, कांग्रेस गठनबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको खोल ओढेकाहरुले जनतालाई भ्रममा राखेको दाबी गरे । वाम गठबन्धन छाडेर कांग्रेससँग चुनावी तालमेल गरेको तर्फ इंकित गर्दै उनले भने, ‘मैले नक्कली कम्युनिष्ट छाडेकै हो, माक्र्सवाद छोडेको हैन । बीपी कोइराला पनि माक्र्सवादी थिए । माक्र्सवादको नाममा एकदलीय प्रणाली बेठिक छ ।’ 

एमाले र माओवादीले माक्र्सवादको नाममा नेपालमा एकदलीय व्यवस्था लाद्न खोजेको उनको आरोप छ । ‘कथित कम्युनिष्टको खोले ओढेर देशलाई अलोकतान्त्रिक बाटोमा लैजाने काम भयरहेको छ’, उनले भने । वामपन्थी र कम्युनिष्टको फरक/फरक अर्थ हुने भट्टराईको भनाई थियो ।

पालुङटारमा बामगठबन्धनले गत बुधबार आयोजना गरेको चुनावी सभामा ओली र दाहालले भट्टराईले कम्युनिष्ट आन्दोलन छाडेको आरोप लगाएका थिए । ‘कम्युनिष्ट छाडेको भन्दै प्रजारबाजी गर्नेले सच्चा कम्युनिष्ट हो भने श्रमिक जनताका रगत र पसिनाको गन्ध सुँघेंर, उनीहरुको पीडाबोध गर्न सक्नुपर्छ नामले मात्र कम्युनिष्ट भइदैन’ भट्टराईले भने । 

लोकतन्त्रलाई जोगाउन आफुले कांग्रेस सँग सहकार्य गरेको उनले बताए । 

सभामा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको सरकार बन्नु देशका लागि अनिष्ट हुने बताए । 
कांग्रेस महामन्त्री सशांक कोइरालाले लोकतन्त्रवादीहरुले चुनाव जिते ५ वर्षमा परिवर्तन गरेर देखाउन सक्ने दावी गरे 

प्रकाशित : मंसिर २, २०७४ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?