२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विध्वंसात्मक गतिविधि पूर्ण निस्तेज पारिनेछ : प्रधानमन्त्री देउवा

मोहन बुढाऐर

डडेल्धुरा — प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन । उनले सुरक्षा ब्यवस्था कडा पार्दै आक्रमण तथा बिध्वंसात्मक गतिबिधिमा संलग्न ब्यक्ति, समूहलाई कडा कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

विध्वंसात्मक गतिविधि पूर्ण निस्तेज पारिनेछ : प्रधानमन्त्री देउवा

‘चुनाव प्रभावित पार्ने गरी भएका आक्रमण घटनाको घोर भत्र्सना गर्छु,’ प्रेस युनियन डडेलधुराले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्ता गतिबिधिमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने छु ।’

प्रधानमन्त्री देउवाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने गरी शान्ति सुरक्षाको ब्यवस्था गरिने बताए ।

‘म तुरुन्तै राजधानी फर्कदै छु, काठमाडौं पुग्नेबित्तिकै सुरक्षा बैठक बोलाउँछु,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कडा सुरक्षा ब्यवस्थाको प्रवन्ध मिलाउन निर्देशन दिनेछु ।’

उनले निर्वाचन तोकिएकै समयमा शान्तिपूर्ण ढंगले सम्पन्न गराउनु सरकारको कर्तब्य भएको बताए । ‘यस प्रकारका आक्रमणका घटनाले निर्वाचन कार्यतालिका प्रभावित हुँदैन,’ उनले भने, ‘निर्वाचन प्रभावित हुने कुरामा कसैले शंका नगरे हुन्छ ।’

प्रकाशित : मंसिर ३, २०७४ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?