कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमबीबीएस प्रवेश परीक्षा रद्द

काठमाडौं — चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आइतबारको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो । विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्यादित भएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो । उक्त परीक्षामा ७ मेडिकल कलेजका ६२५ सिटका लागि ८ हजार ८ सय २७ जनाले परीक्षा दिएका थिए ।

अर्को परीक्षा मिति चाँडै घोषणा गरिने छ ।

प्रकाशित : मंसिर ४, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?