१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कांग्रेसले किन तोकेन गृहमन्त्री ?

जनकराज सापकाेटा

काठमाडौं — त्यसै त कार्यव्यवस्तताबाट गुज्रिनुपर्ने प्रधानमन्त्रीले गृह मन्त्रालय पनि सम्हालेपछि गृह मन्त्रालयले भनेजस्तो र तत्काल निर्णय गर्न कसरी सकोस् ?

कांग्रेसले किन तोकेन गृहमन्त्री ?

निर्वाचनको सामुन्नेमा श्रृखलाबद्ध रुपमा बम विस्फोटका घटना भइरहेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खटकिएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

सोमबार मात्रै गृह मन्त्रालयमा आयोजीत प्रदेश नम्बर तीनको सुरक्षा बैठकमा उपस्थित हुनेगरी पहिलोपटक प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवा मन्त्रालयमा पुगेका थिए । कार्यक्रममा करिब आधा घन्टा बसेका देउवा त्यसलगत्तै वालुवाटार पुगेका थिए । गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला प्रत्येक पल पलमा गृहमन्त्रीको ठाडो निर्देशन पर्खिनुपर्ने बेलामा प्रधानमन्त्री ब्यस्त हुँदा कतिपय तत्काल गर्नुपर्ने काम प्रभावित हुने गरेका छन् ।

माओवादी मन्त्री शर्मालाई बिना बिभागिय बनाईएपछि प्रधानमन्त्रीले पार्टीभित्रका कोही विश्वास पात्रलाई गृह मन्त्रालयको भूमीका सुम्पने केहीको विश्वास थियो । तर पार्टीभीत्र गृहमन्त्रीका आकंक्षी धेरै भएको र चुनावको मुखमा महत्वपुर्ण मानिने मन्त्रालय कसैलाई सुम्पिदा त्यसले पार्टीभीत्र कलह बढाउने आँकलनपछि प्रधानमन्त्री देउवाले गृह मन्त्रालयका जिम्मेवारी पनि आफैले सम्हाल्ने निर्णय गरे ।

फोरम लोकतान्त्रिक छाडेर काग्रेस प्रवेश गरेका विजय कुमार गच्छदार देखि संचार मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहन बस्नेतसम्म गृहमन्त्रीको आकांक्षी थिए । एक कांग्रेस नेताका अनुसार चुनावको मुखमा पार्टीभित्र असन्तुष्टी बढने र भद्रगोल अवस्था सिर्जना हुने भयले प्रधानमन्त्री देउवा आफैले गृह मन्त्रालयले सम्हाल्ने निर्णयमा पुगेका थिए ।

पूर्व गृह सचिव श्रीकान्त रेग्मी प्रधानमन्त्रीले नै गृहमन्त्रालय सम्हाल्दा सुरक्षा संवेदनशिलताका ससाना कुरामा गृहमन्त्रीले समयमै निर्णय गर्न नसक्ने परिस्थिती आउने बताउँछन् । रेग्मीका विचारमा अहिले पनि गृहमन्त्रीको प्रत्यक्ष भुमिकाको अभाव गृह मन्त्रालयमा खटकिएको हुनुपर्छ । उनले भने, ‘चुनावी सुरक्षा गतिलो हुन नसिकेको वा आवश्यकता अनुसार हुन नसकेको दिनदिनै हुने विस्फोटका घटनाहरुले प्रमाणीत गरिसकेको छ ।’

उनको बुझाईमा त्यसै त कार्यव्यवस्तताबाट गुज्रिनुपर्ने प्रधानमन्त्रीले गृह मन्त्रालय पनि सम्हालेपछि गृहमन्त्रालयले भनेजस्तो र तत्काल निर्णय गर्न कसरी सकोस् ?

प्रकाशित : मंसिर ४, २०७४ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?