जापानी पर्यटक मृत भेटिए

विराटनगर — सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित गोरक्सेको स्नोल्यान्ड होटलमा मंगलबार बिहान एक जापानी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

जापानबाट आएका ५५ वर्षीय एकेमी उवगुरे सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । राति खाना खाएर सुतेका उनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

प्रकाशित : मंसिर ५, २०७४ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?