१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सकेट बम फेला परेपछि पृथ्वीराजमार्ग अवरुद्ध

हरिहरसिंह राठौर

धादिङ — अज्ञात समूहले राखेको सकेट बमले २ घण्टादेखि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । गजुरी र मलेखुको बीचमा रहेको बिहानी पेट्रोल पम्प नजिक बम फेला परेको हो ।

सकेट बम फेला परेपछि पृथ्वीराजमार्ग अवरुद्ध

अज्ञात समूहले राखेको सकेट बमले २ घण्टादेखि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

गजुरी र मलेखुको बीचमा रहेको बिहानी पेट्रोल पम्प नजिक बम फेला परेको हो । सकेट बम निष्कृय गराउँदा काठमाडौंबाट छुटेका सवारी साधनहरुलाई गल्छी र पश्चिमबाट राजधानीतर्फ आउने सवारी साधनहरु जोगीमारामै रोकिए ।

निर्वाचनमा त्रास फैलाउने उद्देश्यले राखिएको बम निष्कृय गर्न गजुरीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोलीले विस्फोट गराई निस्कृय पारेको गजुरीस्थित प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले बताए ।

प्रकाशित : मंसिर ५, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?