कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चुनावी सभामा गीत गाउन पुगेका जनगायक खुसीराम पाख्रिनको निधन

विमल खतिवडा

चितवन — पूर्वसभासद् एवं जनगायक खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ । जिल्लाको केन्द्रीय बसपार्क परिसरमा मंगलबार वाम गठबन्धन आयोजना गरेको चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको मा‌ओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।

चुनावी सभामा गीत गाउन पुगेका जनगायक खुसीराम पाख्रिनको निधन

पूर्वसभासद् एवं जनगायक खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ ।

जिल्लाको केन्द्रीय बसपार्क परिसरमा मंगलबार वाम गठबन्धन आयोजना गरेको चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको मा‌ओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ । सभास्थलमा रहँदा असहज महसुस भएपछि पाख्रिनलाई नारायण सामुदायिक अस्पताल लगिएको थियो ।

सभामा जनगायक पाख्रिनले गीत गाएका थिए । माओ‌वादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरु' गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए । जनताको मूक्तिको सपना देखेर युद्धमा होमिएका खुशीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए ।

चुनावीसभा सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित : मंसिर ५, २०७४ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?