कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

चुनावपछि राजपा–फोरम पार्टी एकता : यादव

सप्तरी — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेसी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताएका छन् । यो चुनावी तालमेलको सुरुआत हो, यसले राम्रो संकेत दिएको छ र यो विस्तारै मधेसी एकताका लागि उदाहरणीय थालनी बन्ने समेत उनले तर्क दिए ।

चुनावपछि राजपा–फोरम पार्टी एकता : यादव

अध्यक्ष यादवले मंगलबार राजविराजमा कुाराकानी गर्दै संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबीसमेत गरे । साथै उनले मधेसीको अधिकार प्राप्ति नभएसम्म मधेसीको लडाइँ समाप्त नहुने बताउँदै मधेसी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेसीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले कांग्रेस, एमाले र माओवादीले जति मीठो भाषण र आश्वासन दिए पनि मधेसी हितमा नभएको आरोप लगाए ।

राज्यमा सबैभन्दा बढी कर तिर्ने मधेशमा सरकारी लगानी अत्यन्त कम भएको र भेदभाव रहेकाले आफ्नो बहुमत आए राज्यको लगानी बढाउने शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउने दाबी गरे । साथै, उद्योगधन्दाका लागि स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्ने र कृषि उद्योगमा जोड दिने उनले उल्लेख गरे ।

- रासस

प्रकाशित : मंसिर ५, २०७४ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?