‘जल्ले चुनाव रोक्न खोज्छ, अब उही फालिन्छ’

चितवन — नेकपा एमालेका अध्यक्ष केपी ओलीले जल्ले चुनाव रोक्न खोज्छ त्यही फालिने बताएका छन् । भरतपुरमा मंगलबार वाम गठन्धनले आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कुनै हालतमा चुनाव नरोकिने बताए ।

‘जल्ले चुनाव रोक्न खोज्छ, अब उही फालिन्छ’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले जल्ले चुनाव रोक्न खोज्छ त्यही फालिने बताएका छन् ।

भरतपुरमा मंगलबार वाम गठन्धनले आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कुनै हालतमा चुनाव नरोकिने बताए । ‘प्रधानमन्त्रीले भएका गृहमन्त्री हटाए, बम पड्किएको पड्कै छ, अर्को गृहमन्त्री पनि राख्नु हुन्न, भएकालाई पनि बिनाविभागीय बनाउनु भयो,’ उनले भने,‘बम पड्किएको पड्कै छ, तर पनि प्रधानमन्त्रीज्यू, शान्ति सुरक्षा राम्रो राम्रो छ भन्नु हुन्छ, उहाँकै नेताको गाडी बम हानेर पल्टाइदिएको छ के हो यो ?, उहाँलाई अलिकति जनताप्रति चिन्ता छैन, उम्मेद्वार नेताहरुप्रति चिन्ता छैन ।’

उनले लोकतान्त्रिक अभ्यास अनुसार निर्वाचन शान्तिपूर्ण वातावरणमा हुनु पर्ने बताए । ‘शान्ति कायम गर्न नसक्ने यो त कुनै युद्धकाल होइन नि,’ उनले भने,‘ शान्ति कायम गर्न नसक्ने यसभित्र के छ ? कहीं यस्तै कुरालाई आधार बनाएर उहाँको चुनाव पर सार्ने योजना त छैन । त्यस प्रकारका योजना र सोच भए त्यो भ्रम नपाल्नु होला । अब नेपालमा चुनाव रोकिँदैन कसैले रोक्न सक्दैन ।’उनले अगाडि बढेको बताए । ‘चुनाव अगाडि गयो, कम्युनिष्ट सरकार बन्ने भयो भनेर आत्तिएका छन्, उहाँहरुले सुन्नेगरी माईकको मुख नजिक ल्याएर भन्न चाहन्छु, कम्युनिष्ट सरकार यो देशमा बन्यो बन्यो, कम्युनिष्ट आयो आयो,’ उनले भने,‘ कम्युनिष्ट शासन आउने पीर उहाँहरुलाई छ, तर अब कम्युनिष्ट शासन आयो आयो ।’

उनले दुइ तिहाईसहितको बहुमतको सरकार बनाएर सुकुम्बासी समस्या समाधान गर्ने दाबी गरे । ‘पहिला हामीले ०५१ सालमा सुकुम्बासी समस्या समाधान गर्न खोज्यौं, ६६ हजारलाई धनीपुर्जा बाँड्नेबित्तिकै हाम्रो सरकार हटाइयो,’ उनले भने,‘त्यसै कारण हटाउनै नसक्ने गरी दुई तिहाई बहुमतसहितको सरकार बनाएर सुकुम्बासी समस्या समाधान गर्नेर्छौ ।’भाँजो हाल्न खोज्ने तत्वहरु किनारको साक्षी भएर डिलमा बसेर हेर्ने उनले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवार नै उपस्थित भएको थियो । कार्यक्रममा दाहाल बोलेनन् । तर, अन्तिम समयसम्म उनी स्टेजमै बसीरहे । छोरा प्रकाशको आइतबार हृदयघातका कारण मृत्यु भएपछि परिवार भावविह्वल बनेको छ ।

कार्यक्रम सुरुमा प्रकाश दाहालको फोटो माल्यार्पण गर्दै श्रद्धाञ्जली दिइएको थियो । त्यस्तै कार्यक्रममा एमाले नेता माधव नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा, मातृका यादवलगायतले बोलेका थिए ।

प्रकाशित : मंसिर ५, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?