२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

समृद्धिका लागि वाम सरकार : ओली

नवीन पौडेल

नवलपरासी — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि अत्यावश्यक भएकाले माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको बताएका छन् ।

समृद्धिका लागि वाम सरकार : ओली

कांग्रेसको नेतृत्वले मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि बढाउन चुनाव लगत्तै पार्टी एकीकरण गरेर कम्युनिष्ट सरकरा गठन हुने दाबी गरे । नवलपरासीको चोरमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले यस्तो बताएका हुन् ।

आगामी चुनावमा वाम गठबन्धन अत्याधिक बहुमतले विजयी हुने जिकिर गर्दै आफ्ना नेता कार्यकर्तालाई विपक्षीले फिजाएका भ्रम फैलाउन गाउँ पस्न निर्देशन दिए ।

अन्य पार्टीले जनतालाई भ्रम सिर्जना गरेर आफूतर्फ आकर्षित गर्न खोजेको भन्दै भैममा नपरी वाम गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे । ओलीले विभिन्न पार्टी परितयाग गरेर एमाले प्रवेश गरेका व्यक्तिलाई पार्टी सदस्यता दिएर स्वागत गरेका थिए ।

प्रकाशित : मंसिर ६, २०७४ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?