१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पताल पुगे

काठमाडौं — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको ओम अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पताल पुगे



बुधबार बिहान अस्पताल पुगेका देउवाले निधिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । बुधबार बिहान नै कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले हेरिरहेको छ । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् । धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए । त्यसक्रममा धूलोधुवाँका कारण केही असहज भएपछि उनी गत सोमबार काठमाडौं आएका हुन् ।

प्रकाशित : मंसिर ६, २०७४ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?