एडिबीको १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपालको सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको अनुरोध बमोजिम सहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब रु १५ अर्ब ५० करोड) रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै, दैनिक प्रशासनका काम कारबाहीसम्बन्धी केही निर्णय पनि बुधबारको बैठकले गरेको उनले बताए ।

- रासस

प्रकाशित : मंसिर ६, २०७४ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पताल पुगे

कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको ओम अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।



बुधबार बिहान अस्पताल पुगेका देउवाले निधिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । बुधबार बिहान नै कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले हेरिरहेको छ । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् । धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए । त्यसक्रममा धूलोधुवाँका कारण केही असहज भएपछि उनी गत सोमबार काठमाडौं आएका हुन् ।

प्रकाशित : मंसिर ६, २०७४ १५:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT