कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाङमा दुर्घटना, दुईको मृत्यु

दाङ — घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रोकिएको रा २ प १२८२ नम्बरको ट्र्क्टरमा ना ३ ज ११८६ नम्बरको बलेरो जीप मंगलबार राति ठोक्किदा ट्रेक्टर चालक घोराही–३ का ३२ बर्षीय कलबिर चौधरी र जीपमा सवार घोराही–१३ का १२ बर्षीय अर्पण चौधरीको मृत्यु भएको हो ।

दाङमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

उनीहरु दुघटनामा घाइते भएका थिए । उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा ट््रक्टरका सहचालक ३५ वर्षीय बाधुराम चौधरी, जीपका चालक रोल्पा रुन्टीगढीका २३ वर्षीय डिल बहादुर ओली, जीपमा सवार घोराही–१३ की १९ वर्षीया अभिरुची केसी र १३ वर्षीया बगली चौधरी घाइते भएका छन् ।

प्रकाशित : मंसिर ६, २०७४ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?